काठमाडौँ । ‘पूर्णबहादुरको सारङ्गी’नेपालका सिनेमा हलमा सोमबारदेखि प्रदर्शन नहुने भएको छ ।
बिहीबारबाट प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा २’ ले भारतसँगै नेपालको बक्स अफिसमा समेत सुनामी ल्याएसँगै हलहरुले नेपाली फिल्मलाई प्राथमिकतामा नराखेपछि ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माण पक्षले हलबाट फिल्म नै उतार्ने घोषणा गरेका छन् ।
शनिबार निर्माण कम्पनी सेभेन सीज सिनेमाले एक विज्ञप्ति जारी गर्दै आगामी सोमबार अर्थात् मंसिर २४ गतेदेखि फिल्मको प्रदर्शन स्थगन गरिने जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिले हामी कात्तिक १५, १६ र १७ गते जुन अवस्थामा थियौँ, ठीक त्यही अवस्थामा आइपुगेका छौं । ‘पूर्णबहादुरको सारङ्गी’लाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न बाध्य भएका छौं ।’
यस फिल्मले नेपाली बक्स अफिसमा करिब ५० करोड कमाई गरेर नयाँ किर्तिमान बनाएको छ ।
तपाईंको प्रतिकृया



