शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मुल्य भने बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी १ हजार ८ सय ८० रुपैँयामा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री