चीनसँगका सम्झौता ऋणका होइनन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल हुने बताएका छन् ।चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले चीन भ्रमणको क्रममा भएका सम्झौता ऋणमा हुने गरी नगरिएको जानकारी दिए ।

ओलीले हरेक परियोजना कसरी कार्यान्वयन हुनेपछि छलफल हुने बताए । ‘ऋणसम्बन्धी कुनै कुरा चलेन । छलफल पनि भएन । बीआरआईबारे छलफल भयो । अहिले हामीले जे प्राप्त गरेका छौँं, त्यो ऋण होइन भन्ने कुरा धेरै पटक भनिएको छ । त्यो हुँदा पनि होइन । सधैँ किन ऋणको सारंगी बजिरहेको छ । होइन र छैन भनेर पटक–पटक भनेका छौं । ऋणसँग यो सरोकार राख्दैन,’ प्रधानमन्त्री ओलीले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री