तोलामा हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य उकालो लागेको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यसदिन चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८ सय १५ रुपैँयामा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री