रवि लामिछालाई चितवन पुर्‍याइयो, ठगी आरोपमा बयान लिइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बिहान काठमाडौँबाट चितवन लगिएको छ । चितवनस्थित सहारा चितवन सहकारीमा ठगी आरोपका सम्बन्धमा बयान लिन उनलाई चितवन पुर्‍याइएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालका अनुसार लामिछाने केही समयअघि चितवनमा अवतरण गरेका छन् । डीएसपी रिजालले जानकारी दिएअनुसार,रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर आजै बयान लिने तयारी गरिएको छ ।

यसअघि, पोखराको सूर्यदर्शन सहकारीमा ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता मुद्दामा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीसम्बन्धी बयानका लागि गत बिहीबार काठमाडौँ ल्याइएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री