काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागिरहेको छ । सोमबार पनि सुनको भाउ प्रतितोला एक हजार दुई सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय कायम भएको छ ।
नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।
अघिल्लो साताको सोमबार एकै दिन सुनको मूल्य तोलामा १५ हजार नौसय र अघिल्लो साताको मंगलबार दुई हजार ६ सय रुपैयाँ घटेको थियो । सरकारले भन्सारदर घटाएपछि गत साता सुनचाँदीकै भाउमा उच्च गिरावट आएको छ ।
तपाईंको प्रतिकृया




