हँसियाले हानेर महिलाको हत्या

कञ्चनपुर । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति भीमदत्त नगरपालिका–८ का स्थानीय ४८ वर्षीय नरेन्द्रसिंह विष्टले आफ्नै श्रीमती ३० वर्षीया ज्योति विष्टको हत्या गरेका हुन् ।

प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बेलुका घरायसी विवादका क्रममा नरेन्द्रले हँसियाले ज्योतिको घाँटीमा हानी हत्या गरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य