काठमाडौं । सानै उमेरदेखि अरूको सेवा गरेर चर्चित बनेकी गिभिना मगरमाथि अहिले बज्रचोट परेको छ । उनले एकैदिन आमा र भाइलाई गुमाएकी हुन् ।
गत सातामात्र विवाह बन्धनमा बाँधिएकी २७ वर्षीया गिभिनालाई नयाँ जीवनको खुसी सेलाउन नपाउँदै शोकमाथि शोक परेको छ । उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको हो । याम्दीमा ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । जेब्रा क्रस गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको हो ।
आमाको निधनपछि विक्षिप्त बनेका २६ वर्षीया छोरा (गिभिनाका भाइ) रामकुमार बुढाले आत्महत्या गरेका प्रहरीले पुष्टि गरेको छ । आमालाई अस्पताल लगेपछि रामकुमारलाई सम्पर्क गर्दा फोन नउठेको र खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेका थिए । आमाको दुर्घटना भएपछि सबैलाई सम्हालेर सुत्न पठाएका उनले अरू गएपछि आत्महत्या गरेको बताइएको छ ।
थिए ।
गिभिना आर्थिक सहयोग जुटाएर असहाय र विपन्नलाई सहयोग गर्दै आएकी थिइन् । पूर्वी रुकुम घर भएका गिभिनाको परिवार अहिले पोखरा २५ याम्दीमा बस्दै आएका थिए ।
प्रतिकृया दिनुहॊस