सोल्टी होटलको शेयरमूल्य समायोजन

काठमाडौं । सोल्टी होटलको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि होटलले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन होटलको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात होटलको शेयरमूल्य ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा होटलको शेयरमूल्य समायोजन गरेको हो। बुधबार, दोस्रो बजारमा होटलको शेयरमुल्य ५७० रुपैयाँ थियो ।

अब यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा होटलको शेयर कारोबार हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको पाँचौँ कारोबार दिन सुनको मूल्य ओरालो लागेको छ । नेपाल …

प्रतिकृया दिनुहॊस