काठमाडौं । बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ३२ मा भएको कुशवाहा हत्याका आरोपी सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार कुशवाहाले जग्गा सम्बन्धी विवादमा कुशवाहाको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बाराको आदर्शकोतवाल गाउँपालिका-३, बतरामा उनीमाथि गोली प्रहार भएको थियो । गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल वीरगञ्ज लगिएको थियो । घाइते अवस्थामा कुशवाहाले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहॊस