प्रधानमन्त्रीको भ्रमणअघि चीन जाँदै परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गर्दैछिन् । यही १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने चीन भ्रमणको तयारीस्वरूप मन्त्री राणा आज चीन जान लागेकी हुन् ।

राणाले मंसिर १४ गते शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । छेङ्दुमा आयोजना हुने विशेष कार्यक्रममा वाङ यीको सहभागिता रहने र सोही अवसरमा दुई विदेशमन्त्रीबीच महत्वपूर्ण छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा दुई देशबीच आपसी हितका विभिन्न विषयमा छलफल हुनेछ । राणाको यस भ्रमणले प्रधानमन्त्रीको भ्रमणलाई थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओली ४० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम छ, जसमा परराष्ट्रमन्त्री राणाले पनि सहभागिता जनाउनेछिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपचार गर्न गएका स्वास्थ्यकर्मी नै परे ‘हनी ट्रयाप’ मा

काठमाडौं । आपराधिक लाभको उद्देश्यले योजनाबद्ध रूपमा फार्मेसी सञ्चालकलाई ‘हनी ट्रयाप’ मा फसाएको आरोपमा तीन …

प्रतिकृया दिनुहॊस