सभामुख कम्बोडिया गएका बेला संसद्का सचिवले दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सचिव पदबाट राजीनामा दिएका हुन् ।

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको स्रोतले जानकारी दियो । सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा छन् । सभामुख विदेश भएका बेला सचिव अधिकारीले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

असार १७ गते सभामुख घिमिरेले अधिकारीलाई प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिजोमात्रै क्यानडाबाट फर्किएका थिए सिनामंगलमा मृत भेटिएका श्रीमान्-श्रीमती

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित होटेल जन्मभूमिको कोठामा मृत फेला परेका सुनसरीको दुहवीका ३४ वर्षीय रमेश …

प्रतिकृया दिनुहॊस