करोड खाएको आरोप लगाएका सांसद बजगाईंले मन्त्री पाण्डेसँग मागे माफी

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् । सांसद बजगाईँले मन्त्री पाण्डेले क्यासिनोलाई स्वीकृति दिँदा करोडौँ कमिसन खाएको आरोप लगाएका थिए ।

उनको आरोपपछि पार्टीले स्पष्टीकरण सोध्दै प्रमाण मागेको थियो । तर उनले सामाजिक सञ्जाल एक्समार्फत माफी मागेका हुन् । ‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,’ उनले भनेका छन्, ‘मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।’

बजगाईँले आरोप लगाएपछि मन्त्री पाण्डेले उनीविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका थिए । रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौँ रुपैयाँ घुस बुझाएको आरोप बजगाईँको आरोप थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका १५५ असई सई बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब निरिक्षक (सई) मा बढुवा सिफारिस भएका छन् । प्रहरी …

प्रतिकृया दिनुहॊस