कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठक सोमबार बिहान साढे १० बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा आइतबार दिवंगत भएका पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिने छ । केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार शोकको समयमा पार्टीले औपचारिक निर्णय गर्न बैठक बोलाएको हो ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यसमितिका सभापति तथा पदाधिकारीहरूलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको जानकारी दिए । सभापति शेरबहादुर देउवा ढुङ्गानाको निधनपछि डडेलधुराबाट काठमाडौँ फर्किसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधनपछि सरकारले राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस