केटीएम नेपालको ‘केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । केटीएम नेपालले आफ्नो प्रतिक्षित ‘केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यही कात्तिक ९ र १० गते भक्तपुरको एड्भान्स राइडिङ एकेडेमीमा कार्यक्रम सम्पन्न गरेको हो ।

दुईदिने कार्यक्रममा २५० भन्दा बढी मोटरसाइकल चालकले केटीएमका विभिन्न मोडेलको रोमाञ्चक अनुभव र ‘हट ल्याप च्यालेन्ज’मा सहभागी भएको कम्पनीले जनाएको हो ।

पहिलो दिन ट्रयाकमा केटीएम २०० ड्युक, २५० ड्युक, २०० आरसी र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गरिएको थियो ।

दोस्रो दिन ‘हट ल्याप च्यालेन्ज’मा प्रतिस्पर्धीहरूलाई प्रो रेसरहरू, अमेच्योरहरू र महिला गरी तीन समूहमा विभाजित गर्दै ६–६ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा भएको थियो । यी हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको कम्पनीले जनाएको छ ।

‘केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ले नेपालमा मोटरसाइकल प्रेमीहरूको समुदायलाई केटीएमको प्रतिबद्धता झल्काउने उत्कृष्ट अवसर प्रस्तुत गरेको कम्पनीको दाबी छ । केटीएम नेपालले भविष्यमा पनि यस्तै कार्यक्रमहरू आयोजना गरी नेपालको सवारी समुदायलाई प्रेरित र संलग्न गराउने जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुन तोलामै १५ हजारसम्म सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । भन्सार महसुल घटाउने सरकारको निर्णयले सुनको मूल्य तोलामा झण्डै १५ हजार रुपैयाँले सस्तो हुने भएको छ ।

प्रतिकृया दिनुहॊस