काठमाडौं । एलजी ब्रान्डले हालै अत्याधुनिक तथा उच्च प्रविधियुक्त ‘एलजी क्युनेड टीभी’ बजारमा सार्वजनिक गरेको छ। सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको आधिकारिक आयातकर्ता र वितरणकर्ता हो।
‘क्युनेड टीभीमा क्वान्टम डट र न्यानो सेल प्रविधि प्रयोग गरिएका छन्। यी दुई उन्नत डिसप्ले प्रविधिको मर्जर गरेर एलजी क्युनेड टीभी निर्माण गरिएको छ । जसले अतुलनीय रंग गहिराइ, चमक र स्पष्टता प्रदान गर्दछ’, कम्पनीका प्रतिनिधि भन्छन्, ‘यी नवप्रवर्तनहरू उपभोक्ताहरूको बढ्दो मागलाई पूरा गर्नका लागि डिजाइन गरिएको हो। जसले अझ बढी प्रभावशाली र जीवन्त दृश्यहरू प्रदान गर्दछ।’
यसकारण समयअनुकूल परिमार्जित उच्च गुणस्तरको एलजी क्युनेड टीभीले नेपालको घरको मनोरञ्जनमा क्रान्ति ल्याउने कम्पनीको दाबी छ। सीजी इलेक्ट्रोनिक्स कम्पनीका अनुसार एलजी ब्रान्डले आफ्नो प्रतिबद्धता अनुरूप उच्च गुणस्तरको दृश्य अनुभव प्रदान गर्दै विश्वव्यापी रूपमा हरेक घरको मनोरञ्जन क्षेत्रमा उत्कृष्टताका प्रदान गरेको छ।
एलजी क्युनेड टीभीका मुख्य विशेषता
• क्वान्टम डट र न्यानो सेल प्रविधिलाई मिलाएर सबैभन्दा तेज र जीवन्त राख्ने खालका दृश्य प्रदान गर्दछ ।
• ध्वनि प्रविधिमा भर्चुअल सराउन्ड साउन्डसहितको एआई साउन्ड प्रो उपलब्ध छ। यसले ब्लकबस्टर फिल्म होस् वा दर्शकको मनपर्ने टीभी शो होस् ती सबैमा ध्वनिलाई प्रभावशाली बनाउँछ ।
• एलजी क्युनेड टीभीले हाई डाइनामिक रेन्ज (एचडीआर) सपोर्ट गर्दछ, जसले कन्ट्रयास्ट र उज्यालोपनलाई बढाएर प्रत्येक दृश्यलाई अधिक गतिशील र रोचक बनाउँछ ।
• अँध्यारो दृश्यहरूमा उत्तम स्पष्टता प्रदान गर्नुका साथै प्रकाश स्तरलाई अनुकूल बनाउन लोकल डिमिङ प्रविधिको प्रयोग गरिएको छ।
• पुराना शो र फिल्महरू पनि ताजा र जोवन्त देखाउन एआई अपस्केलिंग तथा स्क्रिनको उज्यालोपन नियन्त्रण गर्न फोरके गुणस्तर उपलब्ध छ ।
• फिल्ममेकर मोडले चलचित्रको सिनेम्याटिक औथेन्टिसिटी जोगाउन मद्दत गर्दछ, जसले फिल्म र टीभी शोहरू सिर्जनाकर्ताले बनाएको मौलिक सिर्जना जस्ताको तस्तै देखिने सुनिश्चित गर्छ ।
• एलजीको ग्राहकलाई पछिल्लो प्राविधिक विकाससँग अध्यावधिक राख्ने निरन्तर प्रतिबद्धताको हिस्सा रूपमा, वेबओएस रिन्यु प्रोग्रामले ग्राहकले टीभी किन्ने पाँच वर्षसम्म वेबओएस अपडेटहरू प्राप्त गर्न सुनिश्चित गर्दछ। यसको अर्थ टीभीका ग्राहकहरूले हरेक वर्ष सफ्टवेयर अपडेटहरू अनुभव गर्नेछन्, जसले गर्दा उनीहरूको टीभी स्मार्ट, छिटो र सुरक्षित रहनेछ। यो पाँच वर्षको लागि हरेक वर्ष नयाँ टीभी पाउनु जत्तिकै हो।
नेपालमा आफ्ना उत्पादनहरूको गहिरो छाप छोड्न सफल सीजी इलेक्ट्रोनिक्सले एलजी ब्रान्डलाई निरन्तर नयाँ उचाइमा पुऱ्याइरहेका छन्। पाँच दशकभन्दा बढीको इतिहास बोकेको एलजीले विश्वको पहिलो ५५ इन्च ओलेड टीभीको उत्पादनदेखि ८के रिजोलुसन विकाससम्म पुग्दा टीभी अनुभवको क्रान्तिमा अग्रणी भूमिका खेलेको छ।




