उपप्रधानमन्त्री सिंहको कटाक्ष : वैकल्पिक हुँ भन्नेहरूलाई कानुन लाग्दैन र ?

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले विधिको शासन कायम गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवनले आयोजना गरेको सोमबारको कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो धारणा व्यक्त गरेका हुन् ।

सरकारले कुनै पनि समूहप्रति व्यक्तिगत द्वेषभाव नराखेको उल्लेख गर्दै उनले भने, ‘हामीले कसैलाई लक्षित गरी पछ्याउने वा दबाब दिने प्रयास गरेका छैनौं, हाम्रो उद्देश्य विधिको शासन कायम गर्नु हो ।’

कानुन सबैलाई बराबरी हुने उनको भनाई छ । ‘वैकल्पिक शक्ति हौं भन्नेहरूले कानुनको पालना गर्नु पर्दैन ?,’ राष्ट्रिय स्वतन्त्र पार्टीलाई इंगित गर्दै मन्त्री सिंहले भने, ‘हामीले वैकल्पिक हुन् भन्नेहरूको हविगत नदेखेको पनि होइन, अघिल्लो चुनावमा वैकल्पिक हौं भन्नेहरू आज कहाँ छन् ? अहिले आएकाहरूको हालत पनि त्यही हुने हो। इमान्दारिता हुनुपर्दैन ?’

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनको रिहाइको माग गर्दै रास्वपा निरन्तर सडक आन्दोलनमा रहेका बेला उपप्रधानमन्त्री सिंहको यस्तो भनाई आएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकार ढालेर जनता हैरान पार्ने पक्षमा छैनौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ …

प्रतिकृया दिनुहॊस