प्रचण्डलाई ओलीको जवाफ- हतियार बिसाउन लगाउन जानेका छौँ

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हतियार कसरी बिसाउन लगाउनुपर्छ थाहा छ भन्ने जवाफ फर्काएका छन् ।

शनिबार खबरदारीसभामा प्रचण्डले हतियार चलाउन नर्बिसिएको टिप्पणी गरेका थिए । सोही टिप्पणीमा ओलीले आइतबार एनआरएनए स्थापना दिवसमा आयोजित कार्यक्रमबाट जवाफ फर्काएका हुन् । ‘हिजो एकजना उफ्रीउफ्री भाषण गर्दै थिए- हतियार बिसाएको मात्रै हो, भ्रम नरहोस् । चलाउन बिर्सेको छैन भन्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने,’ ओलीले भने, ‘चलाउन त चलाउँदैनौँ । हतियार कसरी बिसाउन लगाउनुपर्छ हामीले जानेका छौँ ।’

ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए । ‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भू–भाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ,’ ओलीले भने ।

ओलीले गैरआवासीय नेपाली सघंको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे । सरकारको तर्फबाट सघंलाई कुनै हस्तक्षेप नहुने भन्दै स्वतन्त्र रूपमा काम गर्न आग्रह गरे । ‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो,’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जुवाखालबाट भाग्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्यु

काठमाडौं । कैलालीमा एक जनाको जुवाखालबाट भाग्नेक्रममा भिरबाट खसेर मृत्यु भएको छ । जिल्लाको गोदावरी …

प्रतिकृया दिनुहॊस