20240930_Exide Mega Offer sm

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर, ४० प्रतिशतसम्म छुट

काठमाडौं । एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्री साट्दा ३० देखि ५० प्रतिशतसम्मको छुट प्राप्त मिल्नेछ ।

अफरमा सहभागीमध्ये १२० विजेता ग्राहकलाई लक्की ड्रमार्फत क्यास ब्याक प्रदान गरिने कम्पनीले जनाएको छ । लक्की ड्रमार्फत क्यास ब्याक प्राप्त गर्न आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टीमार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले चाडपर्वको अवसरमा एक्सचेञ्ज अफर सार्वजनिक गरेको बताएको छ । कम्पनीले देशकै नम्बर एक ब्याट्री ब्रान्ड दाबी गरेको एक्साइडका ब्याट्री अटोमेटिभ, दुई पांग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीमा प्रयोग हुने गरेको छ । देशभर कम्पनीको सेल्स सेवा रहेको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds