राष्ट्रिय विपद् कार्यकारी समितिको निर्णय- खोज तथा उद्धारमा तीव्रता, राहत वितरण प्रभावकारी बनाइने

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपालमा मनसुनजन्य विपद्का कारण प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । बिहान गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

मनसुनजन्य प्रकोपका कारण बेपत्ता भएकाहरू १० दिनसम्म नभेटिएमा मृतकका परिवार समान राहत दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए । अस्थायी आवास निर्माण गर्न प्रभावितहरूलाई ७ दिनभित्र अनुदान रकमको पहिलो किस्ता दिने निर्णय गरिएको छ ।

बैठकमा विशेष गरी राहत वितरणलाई थप सुसंगठित र छिटो बनाउन नयाँ कार्य योजना लागू गर्ने निर्णय पनि भएको छ । मनसुनको समयमा विभिन्न क्षेत्रहरूमा आएको बाढी, पहिरो, र अन्य प्राकृतिक प्रकोपले ठूलो क्षति पु¥याएको हुनाले राज्यले तत्काल राहत तथा उद्धारको व्यवस्था गर्नु अत्यावश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ ।

गृहमन्त्री रमेश लेखकले नागरिकहरूको सुरक्षा र उनीहरूको जीवन रक्षा राज्यको पहिलो प्राथमिकता रहेकोमा जोड दिएका छन् । विपद्को बेला प्रभावित परिवारहरूलाई तुरुन्तै राहत पुर्‍याउन, खोज तथा उद्धारमा संलग्न सुरक्षाकर्मी तथा उद्धार टोलीलाई आवश्यक साधन र स्रोतहरूको अभाव हुन नदिन बैठकले ठोस कदम चाल्ने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रहरूमा उद्धार टोली परिचालन गर्न र आवश्यक स्वास्थ्य सामग्री, खाना, कपडा, र सुरक्षित आवासको सुनिश्चितताका लागि राज्यले थप स्रोतहरू परिचालन गर्ने निर्णय गरेको छ । मनसुनको चपेटामा परेका नागरिकहरूको जीवन पुनःनिर्माण गर्ने कार्यमा सरकारले व्यापक रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बुधबारदेखि फेरि वर्षाको सम्भावना

काठमाडौं । आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको …

प्रतिकृया दिनुहॊस