rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं.
असोज १४, २०८१ ई.सं. 30 Sep, 2024 शक संवत् १९४६ नेपाल संवत् ११४४ ञलगा कालयुक्त दक्षिणायन शरद सोमबार आश्विन कृष्णपक्ष तिथि त्रयोदशी १९:१६ बजेसम्म, त्यसपछी चतुर्दशी नक्षत्र मघा ०८:३ बजेसम्म, त्यसपछी पूर्वफाल्गुनी योग शुभ ०३:३२ बजेसम्म, त्यसपछी शुक्ल करण गर ०६:३० बजेसम्म, त्यसपछी वणिज १९:१६बजेसम्म, त्यसपछी भद्रा चन्द्रराशि सिंह आनन्दादि योग ध्वांक्ष दिनमान ११:५३ सूर्योदय ५:५६ सूर्यास्त १७:४९ त्रयोदशी श्राद्ध, कलियुगादि:। सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज घरमा कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा पनि आउनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुनीको वायुको प्रभाव कायम, यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहॊस