काठमाडाैं । गायक गगन सरगमले एक दशकपछि नेपाली आधुनिक गायनमा पुनरागमन गरेका छन् । सरगम दोस्रो सोलो गीति एल्बम ‘प्रेमको भिखारी’मार्फत श्रोतामाझ आएका हुन् । गगनको एल्बममा निम संगीतको एकल संगीत र एरेन्जमेन्ट रहेको छ। प्रेमको भिखारीमा विविध ५ वटा आधुनिक गीतहरू समावेश गरिएका छन् ।
एल्बममा नवराज घिमिरे, लक्ष्मण पाण्डे र घनश्याम गौतमको शब्द रहेको छ । भिडियोमा गगन आफैँले अभिनय गरेका छन् भने उनलाई जुना सुन्दासले साथ दिएकी छिन् । निशान घिमिरेको सम्पादन, उत्सव दाहालको छांयाकन रहेको भिडियोलाई युवराज बाइवाको निर्देशन रहेको छ ।
तपाईंको प्रतिकृया



