भैंसेपाटी प्रभागकी इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाइएको छ । इन्सपेक्टर शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै पैसा मागेको आरोप लागेपछि जिम्मेवाीबाट हटाएर छानबिन थालिएको हो ।

घटना छानबिनका लागि डीएसपीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । ललितपुर प्रहरी परिसरका डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । छानबिन भइरहेकाले शाहीलाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

हनी ट्रयापको घटनामा बलात्कारमा फसाई दिने भन्दै शाहीले युवतीसँग मिलेर ३० लाख पैसा लिएको पाइएको छ । यस्तै आर्थिक लेनदेनमा संलग्न अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविको पक्राउ चर्चाले चीन भ्रमण छोट्याएर फर्कियो रास्वपाको टोली

काठमाडौं । छिमेकी देश चीनको १० दिने भ्रमणमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली …

प्रतिकृया दिनुहॊस