स्मार्टच्वाइस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले बिहीबार मात्रै कम्पनीका अध्यक्ष रविन कुमार नेपाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

उक्त शपथ ग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

बैंक अफ एसिया (हालको एनआईसी एसिया बैंक)बाट आफ्नो बैङ्किङ करियर सुरुवात गरेका घिमिरे यसभन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिस्को रुपमा कार्यरत थिए ।

बैङ्किङ तथा डिजिटल भुक्तानी (कार्ड ,क्युआर मोबाइल बैङ्किङ) इत्यादि मा १५ वर्षभन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाइमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए ।

डिजिटल भुक्तानीको क्षेत्र वृद्धि हुने क्रममा रहेको र स्मार्टच्वाइस टेक्नोलोजिजले यो क्षेत्रमा पुर्याउन सक्ने योगदान धेरै रहेकोले आफू स्मार्टच्वाइस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृत भएर काम सुरु गर्न पाएकोमा निकै उत्साहित रहेको नवनियुक्त कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर, मोबाइल बैङ्किङ र अन्तर बैंक भुक्तानीका सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा ३२ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ …

प्रतिकृया दिनुहॊस