गुडलाइफले ल्यायो कफीको स्वादमा ‘कफी गम’

काठमाडौं । गुडलाइफले वास्तविक तरल कफीको स्वादमा नवीनतम नवाचार ‘कफी गम’ बजारमा ल्याएको छ । यो कफी गम क्यापाचिनो र अमेरिकानो मन पराउनेहरूका लागि आकर्षक हुने कम्पनीले जनाएको छ ।

कफी गम विशेष गरेर चुइगम रहेको छ । यसमा वास्तविक कफीको तरल पदार्थ रहेको कम्पनीको भनाइ छ । यो उत्पादन कफीप्रेमी र चुइगम प्रेमीहरूका लागि डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रत्येक प्याकेटमा १५० वटा गम समावेश रहेको बताइएको छ । गुडलाइफले हरेक गमको मूल्य बढीमा दुई रुपैयाँ पचास पैसा राखेको छ ।

कफी गम युवा कफी प्रेमीहरूलाई लक्षित गरेर बनाइएको गुडलाइफका निर्देशक आशिष जाजुले बताए ।

गुडलाइफले इम्ली बम, ट्रेट चकलेट क्रिम रोल, चोकोलुभ र केसर मलाई ललिपप उत्पादन गर्दै आएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा ३२ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ …

प्रतिकृया दिनुहॊस