एएपफसी यू-२०ः नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा बुधबार सम्पन्न खेलमा उज्बेकिस्तानले नेपाललाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल खाएको थियो । समूह बीमा यो जितपछि उज्बेकिस्तानको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपालले भने ३ खेलमा तीन अंक जोडेको छ ।

अघिल्लो खेलमा उज्बेकिस्तानले कम्बोडियालाई ७-० को फराकिलो अन्तरले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो । अब नेपालले शुक्रबार बहराइनसँग खेल्ने तालिका रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले नेपाल र ओमानबीचको खेल रद्द, अंक बाँडे

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल बर्षाले गर्दा …

प्रतिकृया दिनुहॊस