सानिमा बैंक र सिजी डिजिटल प्रालिबिच सहकार्य

काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सिजी डिजिटल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ।

यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्युआर  स्क्यान)मार्फत सिजी डिजिटल प्रालिमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।

साथै, सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी (इएमआई)मा परिणत गर्दा रु. एक  हजार बराबरको क्यासब्याकको व्यवस्था गरेको जनाएको छ । क्यासब्याक न्यूनतम रु. ३० हजारको कारोबारमा प्रदान हुनेछ।

यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बैंकले जनाएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ सार्वजनिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ नामको नयाँ म्यादी जीवन …

प्रतिकृया दिनुहॊस