गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले आइतबार पूर्व डीआईजी समेत रहेका जोशीलाई पक्राउ गरेको हो । उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित जिवी राई,रवि लामिछाने,कुमार रम्तेलको नाम किटान गर्दै कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको थियो ।

गृहमन्त्री रमेश लेखकले आजै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए । लगत्तै उनी पक्राउ परेका हुन् । प्रहरीले जोशीलाई पोखरा लैजाने तयारी गरिरहेको छ ।

समितिले भदौ ३१ गते संसदमा प्रतिवेदन बुझाएको थियो । असोज २ गते बसेको मन्त्रीपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर, आन्तरिक छलफलमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि आकस्मिक बैठक बोलाइएको छ …

प्रतिकृया दिनुहॊस