एनआईसी एसिया बैंकको कार्डबाट भुक्तानी गर्दा पैसा फिर्ता पाइने

काठमाडाैं । एनआईसी एशिया बैंकले पिओएस मेसिनमा भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ । यो योजना  भिषाको सहकार्यमा डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र नेपाल भित्र लागु हुने बैंकले जानकारी गराएको छ ।

यस अवधिमा एनआईसी एशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पिओएस मेसिन मार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना क्यास ब्याक पाउने छन् । यस योजनाबाट बैंकको ४५०,००० भन्दा बढि भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

एनआईसी एसियाको मुलुकभर २६८ शाखा कार्यालयहरु, २८० एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाईरहेको छ । बैंकको कुल निक्षेप करिब १ खर्ब६९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १ खर्ब४४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री