काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका-५ तर्कापुरमा एक महिलाको हत्या भएको छ । मंगलबार राति तर्कापुरकी ३९ वर्षीया मीना थारुको हत्या भएको हो ।
उनको हत्या बारबर्दिया नगरपालिका-११ बस्ने ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)ले गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालले जानकारी दिएका छन् । उनले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए ।
उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले बारबर्दिया नगरपालिका-५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको छ ।
तपाईंको प्रतिकृया




