काठमाडाैं । मिस वर्ल्ड प्रतिस्पर्धाका लागि चीनमा रहेकी मिस नेपाल श्रृंखला खतिवडा ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बन्दै त्यसको फाइनल राउण्डमा प्रवेश गरेकी छिन् ।
समूह १३ मा रहेकी उनी ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्डको हेड टू हेड विधामा फाइनल राउन्डमा प्रवेश गरेकी हुन् । उनीसँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका छन् । फाइनल राउण्डमा प्रवेश गरेपछि प्रतिक्रिया दिदैँ श्रृंखलाले पप्पीका साथमा सम्पूर्ण नेपालीलार्इ धन्यवाद दिइन् ।
फाइनल राउण्डमा पुगेको मेडल देखाउँदै उनले भनिन्, ‘म निकै अाभारी छु । यो सबै यहाँहरुका कारण सम्भव भएको हो । सम्पूर्णलार्इ धेरै धेरै धन्यवाद दिन चाहन्छु । थ्याङ्क यु नेपाल फर अल अफ दिस ।’
https://www.facebook.com/nplkhabar/videos/359295828159261/
प्रतिस्पर्धामा सहभागी १२१ देशका सुन्दरीलाई २० वटा समूह विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । श्रृंखला समूह १३ मा थिइन् । ६ जना प्रतिस्पर्धीबीच सवाल जवाफ गरिएको थियो । श्रृंखलाले उत्कृष्ट जवाफ दिँदै उनी समूह विजेता बन्न सफल भएकी हु न्। उनले पाएकाे भाेटले पनि समूह विजेता बन्न उनलार्इ मद्दत गर्याे ।
हेड टू हेड च्यालेन्जका लागि कूल २.२ बिलियन भ्यू र २० मिलियन भोट आएको आयोजकले उल्लेख गरेका छन् ।




