रेग्मी गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८१ आश्विन १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छ्न । अनिल रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको छ ।

बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध ररहेका रेग्मीसंग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको बैंकले जारी गरेको विज्ञपितमा उख्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds