अमेरिका भ्रमणमा निस्किनु अघि आज प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्दै

काठमाडौं । संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउने छन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जाँदैछन् । यद्यपि माओवादी केन्द्रले सदनको अवरोध जारी राख्ने निर्णय गरेको छ । गत भदौ १२ गते नेकपा एमालेका सांसद योगेश भट्टराईले सदन बोल्ने क्रममा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई ‘हिंसा’ को संज्ञा दिएका थिए ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ध्यानाकर्षण भएको भन्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए । सभामुख देवराज घिमिरेले ‘असंसदीय’ नरहेको रूलिङ गरेपछि माओवादी केन्द्रले सदनको काम कारबाही अघि बढ्न दिएको छैन । आइतबार बिहान सभामुख घिमिरेले प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गरेका थिए । त्यो बैठकमा भएको कुराकानी पार्टी संसदीय दलमा छलफल गर्ने भन्दै एक घण्टा समय मागेको थियो ।

माओवादी केन्द्रको सोमबार बसेको संसदीय दलको बैठकले सदनको अवरोध कायमै राख्ने निर्णय गरेकाले आजको बैठक के हुने भन्ने अन्योल कायमै छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालू बर्खे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds