असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने सरकारको निर्णय

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सरकारले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरालाई अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

२०७२ वैशाख २१ गतेको भूकम्पबाट तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा बनेको धरहरा ढलेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्रि केपी शर्मा ओलीका पालामा ढलेको धरहरासँगै त्यसकै अर्को प्रतिस्वरुप बनाइएको छ ।

उक्त नयाँ धरहराको २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तर उक्त धरहराको पूरा क्षेत्र पुनर्निर्माण अधुरै रहेका बेला उद्घाटन गरिएपछि आलोचना भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रदेश संरचना हटाउन सकिन्न : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । काँग्रेसको …

प्रतिकृया दिनुहॊस