बालुवाटारमा देउवाको जन्मोत्सव, प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा काङ्ग्रेस सभापति तथा शेरबहादुर देउवाको जन्मदिन मनाइएको छ । प्रमुख तीन दलको नेताहरूको भेटमा देउवाको जन्मदिन मनाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देउवालाई दोसल्ला ओढाइदिएर जन्मदिनको शुभकामना व्यक्त गरे । प्रधानमन्त्री ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले पनि देउवालाई सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री ओली, सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबिच समसामयिक विषयमा छलफल भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री