कर्पोरेशनले कारोबार र सेवाको क्षेत्र बढाउँदै लगेको छ : प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड स्थापनाको ६२औँ वार्षिकोत्सव मनाएको छ । उपभोग्य वस्तु र रासायनिक मल लगायतको वस्तुको कारोबार गरिरहेको कर्पोरेशनको बिहीबार ६२औँ वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवका अवसरमा मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेसनले कारोबार र सेवाको क्षेत्र दिनानुदिन बढाउँदै लगेको बताइन् । ‘दैनिक उपभोग्य वस्तुमा दिँदै आएको सहुलियत र सेवालाई अझै विस्तार गरी गरिने उनको भनाई छ ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उपभोक्ताको हितका लागि गुणस्तरीय उपभोग्य वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उनले भनिन्, ‘कर्पोरेसनले आपूर्ति र वितरणका क्षेत्रमा विषम परिस्थितिका बाबजुद पनि उपभोक्ताको सेवामा सदैव सक्रिय रहिआएको छ भने भविष्यमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

कर्पोरेशनले आफ्नो सेवाका साथै नेपाल सरकारले समय समयमा सुम्पिएका जिम्मेवारी पूरा गर्नमा समेत प्रतिवद्ध हुँदै आएको उनले बताइन् । ‘६ दशक हामीलाई विश्वास गरी थप दायित्व प्रदान गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौँ’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भनिन्, ‘यो विश्वासले हामीलाई थप सेवाप्रवाहमा हौसला प्राप्त भएको छ ।’

कर्पोरेशनले दैनिक उपभोग गर्ने नून, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्याससमेत समान्य अवस्थामा आफ्नै जस्तै असामान्य अवस्थामा पनि उपभोक्ताको घरदैलोसम्म पु¥याएर भएपनि सेवाप्रवाहलाई निरन्त्तरता दिँदै आएको छ । विगतमा आएको ठूलो भूकम्प र कोभिड–१९ को समयमा समेत आम उपभोक्ताको घरदैलोसम्म सेवा पु-याएको स्मरण गर्दै उनले भनिन्, ‘जुन कुराबाट हामी गौरवान्वित भएका छौँ र सर्वसाधारढणबाट प्रशंशा पनि पाएका छौँ ।’

  • प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको मन्तव्यको पूर्णपाठ

व्यावसायिक कारोबारका साथै सामाजिक सेवामा निरन्तर सक्रिय साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ वर्ष पूरा गरी ६२ औ वर्ष प्रवेशको अवसरमा आयोजित यो विशेष समारोहलाई गरिमा प्रदान गर्न पाल्नु भएका समस्त आदरणीय महानुभावहरूमा हार्दिक आभार सहित अभिवादन व्यक्त गर्दछु । अति व्यस्तताका बाबजुद माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यूले हामीलाई आफ्नो अमूल्य समय प्रदान गर्नु भएकोमा कर्पोरेशन परिवारको तर्फबाट हार्दिक आभार सहित अभिवादन गर्दछौ ।

विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको यो सहभागिताले आम उपभोक्ता समक्ष स्तरीय सेवा पु-याउन थप ऊर्जा प्राप्त हुने विश्वास लिएका छौ । हाम्रो निमन्त्रणा स्वीकार गरी हामीलाई प्रोत्साहित गर्नु भएकोमा नेपाल सरकारका कृतज्ञता सहित हार्दिक स्वागत गर्दछु । आदरणीय सचिवज्यूहरू, उच्चपदाधिकारीहरु एवं विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सहित आमन्त्रित अतिथिहरूमा कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दा देखि नै सुपथ मूल्य, गुणस्तरीयता एवं सर्व सुलभतालाई मूलमन्त्रको रूपमा लिँदै त्यही मूल्य मान्यता अनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको छ । यही मूल्य मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रूपमा आम उपभोक्ताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि अति आवश्यक वस्तु नुन लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ६ दशक भन्दा बढी समय पुरा गरेको छ । राष्ट्रमा आइपर्ने जस्तो सुकै विषम परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा पुऱ्याउने यात्रालाई निरन्तरता दिएको छ ।

कर्पोरेशनले आफ्नो सेवाका साथै नेपाल सरकारले समय समयमा सुम्पिएका जिम्मेवारी पुरा गर्नमा समेत प्रतिबद्ध हुँदै आएको छ भने हामीलाई विश्वास गरी थप दायित्व प्रदान गरेकोमा नेपाल सरकार प्रति आभार व्यक्त गदछौं । यो विश्वासले हामीलाई थप सेवाप्रवाहमा हौसला प्राप्त भएको छ । कर्पोरेशनले आमजनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास समेत सामान्य अवस्थामा आफ्नै आउट लेट बाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलो सम्म पुऱ्याएर भए पनि सेवा प्रवाहलाई निरन्तरता दिएको छ ।

विगतमा आएको ठूलो भूकम्प र कोभिड–१९ को समयमा हामीले आम उपभोक्ताको घरदैलो सम्म सेवा पुऱ्याउन सकेकोमा हामी गौरवान्वित भएका छौ र सर्वसाधारण बाट प्रशंसा पाएका छौ । सरकारले हामीलाई कार्यक्षेत्र व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्यवस्तु उत्पादन, तथा सुपथ मूल्यमा बिक्री वितरण गर्न प्रोत्साहित गर्दै आएकोमा कर्पोरेशन गौरवान्वित भई आफ्नो दायित्व निर्वाहमा रहिरहने बचनबद्धताका साथ नेपाल सरकार प्रति आभार व्यक्त गर्दछु ।

दैनिक उपभोग्य वस्तुका अतिरिक्त कृषि क्षेत्रको विकासमा सहयोग पुऱ्याउन अनुदानित एवं गैर अनुदानित रासायनिक मल आयात गरी आवश्यक समयमा किसानहरूलाई उपलब्ध गराउँदै आएका छौं भने पत्रपत्रिका प्रकाशनमा उपयोगी कागजको आयात र बिक्री वितरण गदै आएका छौ र आधुनिक प्रविधिमा आधारित सुरक्षित घरहरू बनाएर बिक्री गर्न प्रयासरत छौ । यसरी साल्ट ट्रेडिङ कर्पोरेशनले कारोबार र सेवाको क्षेत्र दिनानुदिन बढाउँदै लगेको छ भने भविष्यमा अझ बिस्तार गर्ने नीति लिएका छौं ।

हामीलाई विश्वास छ सबैको स्नेह, सहयोग र सद्भावनाले थप सफलता प्राप्त गर्ने छौं । विगत वर्षहरूमा भई यस वर्ष पनि रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको छ । यस कार्यक्रममा ५६ जना महानुभाव सहभागी भई रक्तदान गर्नु भएकोमा रक्तदाताहरू प्रति धन्यवाद ज्ञापन गर्दछु ।

पुरस्कार वितरण
सो अवसरमा विभिन्न कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । यस वर्षको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ मानव कल्याण समाज, पनौतीलाई प्रदान गरिको छ । उक्त पुरस्कारको राशी नगद एक लाख र ताम्रपत्र रहेको छ ।

यस्तै, कर्पोरेशनको श्रीवृत्तिमा उल्लेखनीय योगदान पु¥याएवापत कर्पोरेशनले विभिन्न पुरस्कार र छात्रवृत्तिको व्यबस्था गर्दै आएको छ । यस वर्ष कर्पोरेशनका कर्मचारीहरुका छोराछोरीबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएकाहरुलाई ‘साल्ट ट्रेडिङ अनुमान शेरचन छात्रबृत्ति’ प्रदान गरिएको छ । छात्रवृत्ति पाउने विद्यार्थी २ वर्षसम्म पाँच हजारका दरले पाउनेछन् ।

यस्तै, यस वर्ष कर्पोरेशनको अधिकृतस्तरमा उल्लेखनीय काम गर्र्ने केन्दी्रय कार्यालयमा कार्यरत कर्मचारी प्रबन्धक टुलेश्वर प्रसाद साह, प्रदेश कार्यालय, बिराटनगरमा कार्यरत प्रमुख सहायक बसन्त कुमार यादव तथा स्तरबिहिन तर्फ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक यामबहादुर मगरलाई ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार’ प्रदान गरिएको छ ।

त्यसैगरी यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्र्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराई, नन्अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने डिपो कार्यालय डोल्पामा कार्यरत कर्मचारी प्रमुख सहायक प्रकाशबहादुर धामी तथा स्तरबिहिनतर्फ प्रदेश कार्यालय, पोखरामा कार्यरत कर्मचारी कार्यालय सहयोगी त्रितिय धनबहादुर झाक्री मगरलाई ‘ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार’ दिइएको छ ।

ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्रसहित नगद रु ४००००, र हेमबाहदुर मल्ल उत्कृष्ट सेवा पुरस्कारको राशी नगद ३५ हजार रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सिधै भद्रकाली लगियो, शुक्रबारबाटै बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको …

प्रतिकृया दिनुहॊस