पूजाको प्रसाद खाँदा टोल भरिका पाँच दर्जनबढी बिरामी

काठमाडौं । पूजाको प्रसाद खाँदा एउटा टोरभरिका ५ दर्जनभन्दा बढी बिरामी परेका छन् । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी भएका हुन् ।

स्थानीय रिता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा उनको घरमा आएका पाहुना र टोलवासी बिरामी भएको वडाध्यक्ष भीष्म मिश्रले बताए । उनकाअनुसार अर्जुनधारा नगरपालिका– ९ को खरबन्दी की निरौलाको घरमा बुधवार पूजा लगाइएको थियो । पूजामा गएकाहरूले सब्जी र रोटी अचार खाएका थिए ।

सब्जी अजार र रोटी खानेहरू अधिकांशलाई डायरिया र बान्ता भएको छ । केहीलाई ज्वरो समेत आएको अध्यक्ष मिश्रले बताए । बिरामी भएकाहरूलाई स्थानीय क्लिनिकहरूमा राखिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।अनुमति …

प्रतिकृया दिनुहॊस