झण्डै ३ महिनापछि फर्कियो नेवानिको वाइडबडी

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी-चेक सम्पन्न गरेर झण्डै ३ महिनापछि फर्किएको छ । जहाज विहिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

सी-चेकसहितको मर्मतका साे जहाज गत ८ असारमा इटली गएको थियाे । यो विमान फर्किएसँगै निगमले लामो दूरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिन निगमले जनाएको छ ।

नेपाल वायुसेवा निगमले इटालीको एटीटेक एसपीए कम्पनी छनौट गरेर सी चेक गरेको थियो ।

निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका ४ वटा जहाजमध्ये हाल दुई वटा न्यारोबडीले मात्रै नियमित उडान गरिहरेको छन् । वाइडबडी दुइवटा मध्ये एउटा अझै इटलीमै सि-चेकमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अपडेट : नौकिलो ट्रक दुर्घटना ज्यान गुमाउने तीन जनाको परिचय खुल्यो

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना-६ स्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु …

प्रतिकृया दिनुहॊस