‘ज्वाइँ साब’को गीत ‘कसम बत्तिको’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ‘कसम बत्तिको’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा यादव लम्सालको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वर छ । भिडियोमा चलचित्रका मुख्य कलाकारहरू जितु नेपाल, नीति शाह, रमेश बुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्तलगायत कलाकार छन् ।

विवाहको सेटपमा खिचिएको भिडियोमा कमेडी समेत देख्न सकिन्छ । चलचित्र असोज २४ गते रिलिज हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तेलभिसाले ल्यायो ‘तुकुनको मुकुन मन पर्‍या’, शान्तिश्री र साइराजको स्वर (भिडिओसहित)

काठमाडौं । फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक भएको छ । …

प्रतिकृया दिनुहॊस