५ जिल्लाका सिडिओ हेरफेर, काठमाडाैंमा जयनारायण

काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका सीडीओहरुको हेरफेर गरेको छ । मङ्गलवार राति मन्त्रालयले रिक्त रहेका जिल्लासहित काठमाडौँका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

काठमाडौँको प्रमुख जिल्ला अधिकारीको रुपमा जयनारायण आचार्यलाई पठाइएको छ । उनी कारागार व्यवस्था विभागका महानिर्देशक हुन् । यस्तै काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेतलाई मन्त्रालय ल्याइएको छ ।

अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।

स्रोतका अनुसार मन्त्रालयका सहसचिव लीला प्रसाद शर्मालाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

प्युठानका सिडिओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा ल्याइएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुलाल अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको उपसचिवमा सरुवा गरिएको बताइएको छ ।

अतिरिक्त समूहमा रहेका सहसचिव टोकराज पाण्डेलाई गृह मन्त्रालयमै सरुवा गरिएको छ । तर उनको जिम्मेवारी तोकिएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds