ब्राजिलको निराशाजनक हार, अर्जेन्टिना पनि स्तब्ध

काठमाडौं । ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्को निराशाजनक नतिजा बेहोरेको छ । लगातार खराब प्रदर्शन गरिरहेको ब्राजिल पाराग्वेसँग १-० ले पराजित भएको हो ।

पाराग्वेका लागि डिएगो गोमेजले २० औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो । छनोटमा ब्राजिलको यो चौथो हार हो । अब ब्राजिललाई विश्वकपमा छनोट नहुने डरले सताउन थालेको छ ।

ब्राजिल ८ खेलबाट १० अंकसहित लिग तालिकाको पाँचौं स्थानमा छ । पाराग्वे भने आठ खेलबाट ९ अंकमा सातौं स्थानमा छ । अर्जेन्टिना १८ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ । उसको पछाडि कोलम्बियाको १६ अंक भएको छ । त्यसपछि उरुग्वे १५ र इक्वेडर ११ अंकमा शीर्ष चार स्थानमा रहेका छन् ।

यसअघिको खेलमा विश्व च्याम्पियन अर्जेन्टिना कोलम्बियासँग २-१ ले पराजित भएको थियो । कोलम्बियाले कोपा अमेरिका फाइनलमा सामना गरेको हारको बदला लियो । अर्जेन्टिनी टिममा लियोनल मेसी भने थिएनन् ।

अन्य खेलमा इक्वेडरले पेरुलाई १-० र बोलिभियाले चिलीलाई २-१ ले हराए । भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेले ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds