बलात्कार मुद्दामा सिद्धबाबालाई सफाइ

काठमाडौं । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरबाट पनि सफाइ पाएका छन् ।

बलात्कार मुद्दामा अडियो रेकर्ड परीक्षण गर्ने प्रविधिकको विज्ञतामा प्रश्न उठाउँदै जिल्ला अदालत सुनसरीले उनलाई सफाइ दिएको थियो । जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो । मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो ।

अनुयायी बलात्कार आरोपको मुद्दामा जिल्ला अदालत सुनसरीले गत २७ भदौ २०८० मा गिरीलाई सफाइ दिएको थियो । त्यसअघि २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश (हाल उच्च अदालतका न्यायाधीश) अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो ।

तर, उच्च अदालत विराटनगरले पुनः प्रमाण बुझेर फैसला गर्नु भन्दै जिल्लामै मुद्दा फर्काइदिएपछि जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले २७ भदौ २०८० मा सफाइ दिएको थियो । २०७६ कात्तिक दोस्रो साता राति साढे १२ बजे चतरास्थित आश्रममा कृष्णबहादुर गिरीले जवरजस्तीकरणी गरेको दाबीसहित उनकै अनुयायी एक महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाँकेमा तीव्र गतिका दुई मोटरसाइकल ठोकिँदा दुवै चालकको मृत्यु, तीन घाइते

काठमाडौं । बाँकेको कुण्डा-नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका-४ लालपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds