हिरोले ल्यायो ‘एक्कासि मालामाल दशैंतिहार अफर’, दुई चक्के किन्दा चार चक्के उपहार

काठमाडौं । सिजी मोटर्सले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दशैंतिहार अफर ल्याएको छ। कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको हो।

हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा ५ लाख रुपैयाँसम्मको स्योरसट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटाभीईभी कार’ जित्ने अफर पनि ल्याएको छ। कम्पनीले ‘दशैंतिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ।

सोहि अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५लाख रुपैयाँसम्मको स्योरसट नगद छूट पाइनेछ। मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने कम्पनीमा हिरो विश्वमै परिचित छ । कम्पनीले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघिमात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको थियो।

यसका साथै, नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटनसमेत भइसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटर अहिले नेपाली भूमिमै एसेम्बल भइरहेका छन्।

नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्डमध्येको एक हिरोले नयाँ बेन्चमार्कहरुसमेत कायम गर्दै आएको छ। कम्पनीले हाल नेपालका विभिन्न स्थानमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ। साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले बताएको छ।

बढ्दो ग्राहकको संख्यालाई ध्यानमा राख्दै कम्पनीले नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत गतिमा विस्तार गरिरहेको छ।कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्ने अपेक्षा गरेको बताएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होनरले ल्यायो दशैंको लागि रमाइलो अफर : थाइल्यान्ड भ्रमण र थप पुरस्कार

काठमाडौँ । होनर नेपालले प्रतीक्षित दशैं अफर शुरु गरेको छ । यो अफरमा ग्राहकहरूको लागि …

प्रतिकृया दिनुहॊस