छुटे लुम्बिनी प्रदेश सभा सदस्य केसी, के थियो मुद्दा ?

काठमाडौं । अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी सोमबार छुटेका छन् । आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसमर्पण गरेका कांग्रेस सांसद केसी कानुनअनुसार कैद सट्टामा रकम तिरेर सोमबार छुटेका हुन् ।

के हो मुद्दा
रुकुम पूर्वका १(ख)बाट निर्वाचित धनबहादुर केसीलाई जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाए पनि सजाय भुक्तान नभएको पत्र प्रहरीलाई पठाएपछि फरार रहेका थिए । २०४८ सालमा रुकुम जिल्ला अदालतमा चलेको सरकारी कागजात किर्तेको मुद्दामा केसीलाई दोषी ठहर गरिएको थियो ।

सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए । पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो ।

केसीकी जेठी श्रीमती राधा केसीविरुद्ध साविकको रुकुम जिल्ला अदालतमा अंशसहितको सम्बन्धविच्छेद मुद्दा चलेको थियो । उक्त मुद्दाका क्रममा केसीले सरकारी कागजात किर्ते गरी पेस गरेको पाइएपछि जेठी श्रीमती राधाकै जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी केसीविरुद्ध किर्ते गरेको कसुरमा मुद्दा चलेको थियो ।

पछि रुकुम जिल्ला टुक्य्राएर रुकुम पूर्व र रुकुम पश्चिम जिल्लामा विभाजन गरिएको थियो । रुकुम जिल्लालाई दुई जिल्लामा विभाजन गरेपछि २०७५ साल वैशाख ३१ गते रुकुम-पश्चिम जिल्ला अदालतले सांसद केसीविरुद्ध २०४८ साल असार ९ गते भएको फैसला कार्यान्वयन नभएको सम्बन्धमा रुकुम पूर्व जिल्ला अदालतलाई पत्राचार गरेको थियो ।

त्यसपछि कार्यान्वयन हुन नसकेको फैसलाका सम्बन्धमा कार्यान्वयनका लागि रुकुमकोट जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वलाई पत्राचार गरेको थियो । त्यसपछि मात्रै उक्त व्यक्ति हालका प्रदेशसभा सदस्य डीबी केसी भन्ने धनबहादुर केसी भन्ने खुलेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झलनाथ खनालले मेटमणि चौधरीलाई ‘दूषित तत्त्व’ भनेपछि…

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नै पार्टीका उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीलाई कारबाहीको माग गरेका छन् । चौधरीले कालापानी, लिपुलेकसहितको भूभागमा नेपालको दाबी पुग्दैन भन्दै सार्वजनिक सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाहीको माग गरेका हुन् ।

प्रतिकृया दिनुहॊस