लुम्बिनीका प्रदेश सांसद जेल चलान

काठमाडौं । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् ।

अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ । सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन ।

केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिईन् । सो मुद्दामा उनी दोषी ठहर भएका थिए । नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आजको पञ्चाङ्ग   वि.सं. असोज ०१, २०८१ । ई.सं. 17 Sep, 2024 । शक संवत् १९४६ …

प्रतिकृया दिनुहॊस