काठमाडौँ । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रा. लि. (काभ्रे, धुलिखेल) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुलिखेल स्थित मिराबेल रिसोर्टमा बैंककोकार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैङ्कले जनाएको छ ।
यस समन्वय बारे थप जानकारी लिन बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न बैङ्कले अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहॊस