कीर्तिमानी मूल्यबाट सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार २ सय रुपैयाँले घटेको हो ।

शुक्रकार सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको थियो । आज सुनको भाउ प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ ।

चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ७ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७ सय ५० निर्धारण भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री