कुमारी बैंकका ग्राहकले काठमाडौं नेत्रालय आईकेयरमा छुट पाउने

काठमाडौँ । कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौंस्थित काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टर प्रालिबीच बैंकका ग्राहकलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार उक्त आई केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श÷जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

कुमारी बैंकले ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

राष्ट्र बैंकको नयाँ निर्देशिका: बचत र ऋण कारोबारलाई कडाइ, सहकारीका लागि नयाँ नियमावली

काठमाडौं । सरकारले सहकारी क्षेत्र व्यवस्थापनका लागि अध्यादेशमार्फत नयाँ कानुन लागू गरेपछि नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको वित्तीय गतिविधिलाई व्यवस्थित गर्न नयाँ मापदण्डको मस्यौदा सार्वजनिक गरेको छ । सहकारी क्षेत्रमा देखिएको वित्तीय अपारदर्शिता र असन्तुलनलाई सम्बोधन गर्दै सोमबार राष्ट्र बैंकले “बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशिका तथा मापदण्ड” को प्रारम्भिक खाका प्रस्तुत गरेको हो ।

प्रतिकृया दिनुहॊस