सर्वसाधारणले पनि नेपाल इन्स्योरेन्सको संस्थापक शेयर खरिद गर्न पाउने

काठमाडाैं । नेपाल इन्स्योरेन्सले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियामार्फत् बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहतर्फको ६६ हजार ५६६ कित्ता शेयर बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।

कम्पनीको उक्त संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी वा जोकोही योग्य व्यक्ति तथा संगठित संघसंस्थाले खरिद गर्न पाउनेछन् । उक्त संस्थापक शेयरमा भदौ १९ गते बुधबारदेखि असोज २ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ भने कम्तिमा १ हजार कित्ता शेयरको लागि आवेदन दिनुपर्नेछ ।

नेपाल बीमा प्राधिकरणको बीमकको संस्थापक शेयर कारोबार सम्बन्धि निर्देशिका २०७७ बमोजिम संस्थापक शेयर बिक्रीमा राखिएको कम्पनीले बताएको छ। बोलपत्र आवेदन फारम कम्पनीको शेयर बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटलमा पेश गर्नुपर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) रहेकी अञ्जु श्रेष्ठलाई प्रमुख …

प्रतिकृया दिनुहॊस