सिटिजन्स क्यापिटलको साधारणसभा सम्पन्न, १५.५०% नगद लाभांश पारित

काठमाडौं । सिटिजन्स क्यापिटलको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ।

यसैगरी, सभाले आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गरेको छ।

यसैगरी, सोही सभाले आव २०८१।८२ का लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावलीअनुसार गरिएको सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालकहरुको बैठक भत्ता पनि पारित गरेको छ।

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर), शेयर रजिस्ट्रार तथा डि-म्याट खाताजस्ता लगानीकर्तासँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमतिप्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो। यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुको सहलगानी छ।

कम्पनीको रजिष्ट्रर कार्यालय काठमाडौंको बाटुलेघरमा छ। कम्पनीको अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ छन्।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा कम्पनीले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गरी विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंक दोस्रो पटक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

काठमाडौँ । श्रीलंकको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) Best Presented Annual Report …

प्रतिकृया दिनुहॊस